सर्लाही, १२ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४  आउँदै छन् । पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी त्यसतर्फ आउँन लागेका हुन् ।

बिहान १०:३० बजेको नियमित उडानबाट सिमरा विमानस्थल प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । सिमरा ओर्लिएपश्चात उनी सडकमार्ग हुँदै सर्लाही आउँने छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा रहँदा थापाले विभिन्न स्थानीय तहमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले स्थानीय जनप्रतिनिधि र जनताका गुनासा सुन्ने कार्यक्रम तय गरिएको छ । ‘निर्वाचन क्षेत्रका मतदातासँग संवाद गर्ने र पार्टी सांगठनिक काम पनि गर्ने गरी सर्लाही जान आउँन लाग्नु भएको हो,’ थापाको सचिवालयका एक सदस्यले जानकारी दिए ।

फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा उनी सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही आउन लागेका हुन् । 

माघ ६ गते वारेसमार्फत उम्मेदवार दर्ता गराएका थापा पहिलो पटक चुनावी क्षेत्रमा आउन लागेका छन् । कांग्रेसकाे केन्द्रीय समिति बैठकले थापालाई प्रधानमन्त्रीकाे उम्मेदवारको रूपमा अघि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *