सर्लाही, १२ माघ । निर्वाचन आयोगले चुनावमा खटिने कर्मचारीहरूका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ ।

आयोगले चुनावमा खटिने २ लाख १३ हजार १ सय ६१ जना कर्मचारीका लागि जनही २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको हो । आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीहरूका लागि १५ दिन अवधिको बीमा गरेको छ ।

यस्तै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी, आयोगका सबै कार्यालयमा काम गर्ने र चुनावका बेला काजमा आउने कर्मचारीहरूका लागि ९० दिन अवधिको बिमा गरेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *