सर्लाही, १७ माघ । सर्लाहीको गोडैता नगरपालिका–४ रहुवा स्थित हुलाकी सडक खण्डमा उखु बोकेको ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

गडहियाबाट बगदहतर्फ जाँदै गरेको म.प्र. ०३–००१ त ७९०५ नम्बरको उखु लोड गरिएको ट्र्याक्टरमा ब्रेक लगाउने क्रममा ट्र्याक्टरमा लोड गरिएको उखु ट्रलीबाट झरेर चालक थिचिएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका ट्र्याक्टर चालक रौतहटको राजदेवी नगरपालिका–६ मोहनपुर निवासी ३० वर्षीय छोरा राजु पटेल रहेका छन् ।

घाइते पटेललाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो । तर, चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरेका हुन् । मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।

दुर्घटनामा संलग्न ट्र्याक्टर घटनास्थलमै रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी कार्यालयमा ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *