सर्लाही, २१ माघ । मोबाइल गेमको लत कति खतरनाक हुन्छ भन्ने उदाहरण भारत उत्तर प्रदेशको गाजियाबादमा मंगलबार राति भएको एक घटनाले देखाएको छ ।

लामो समयदेखि मोबाइल गेमको लतमा फसेका एकै परिवारका तीन दिदी–बहिनीले घरको बालकोनीबाट हाम फालेका छन् र उनीहरुको घटनास्थलमै ज्यान गएको छ ।

टीला मोड थाना क्षेत्रअन्तर्गत भारत सिटी सोसाइटीको बी–१ टावरको फ्ल्याट नम्बर ९०७ मा बस्ने १६ वर्षीया निशिका, १४ वर्षीया प्राची र १२ वर्षीया पाखीले नवौं तलाबाट हामफालेको र उनीहरुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यो घटना मंगलबार राति करिब २ बजेतिरको हो । यो घटनापछि सोसाइटी र आसपासको क्षेत्र शोकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *