सर्लाही, २१ माघ । मधेश प्रदेश सभा स्थापना भएको आठ वर्ष पूरा भएको छ । आज मधेस प्रदेश सभामा आठौँ वार्षिकोत्सव मनाउने कार्यक्रम छ ।

आठ वर्षको अवधिमा मधेस प्रदेशसभामा कुल तीन सय ६५ बैठक बसेको छ । प्रदेशसभा सचिवालयका अनुसार पहिलो कार्यकालका पाँच वर्षमा नवौँ अधिवेशनमार्फत दुई सय २६ बैठक बसेका थियो भने दोस्रो कार्यकालमा हालसम्म एक सय ३९ बैठक बसिसकेको छ ।

पहिलो कार्यकालमा ५५ विधेयक पारित भई ऐन बनेका थिए भने दोस्रो कार्यकालमा संशोधनसहित २२ विधेयक दर्ता हुँदा १५ वटा पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आठ वर्षमा कुल ७० विधेयक पारित भएका छन् ।

आठ वर्षको अवधिमा मधेस प्रदेश सरकारले नवौँ नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेको छ भने छ जना मुख्यमन्त्री परिवर्तन भइसकेका छन् ।

आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवले सम्पूर्ण प्रदेशवासीलाई शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *