सर्लाही, २३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ मा राजेन्द्र महतो र महिन्द्र राय यादव फेरि आमनेसामने भएका छन् ।

पटक-पटक आमनेसामने हुँदै आएका यी दुई नेताबीचको चुनावी प्रतिस्पर्धालाई यसपटक पनि चासोका साथ हेरिएको छ ।

०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको एकल चुनाव चिह्न लिएका यादव निर्वाचित भएका थिए । त्यसबेलाको गठबन्धनका कारण यादवले नेपाली कांग्रेस, एकीकृत समाजवादीलागायत दलको पनि साथ पाएका थिए ।

०७९ मा यादव २३ हजार ५२९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उमेदवार बनेका महतो २१ हजार ५१८ मत ल्याएर दोस्रो भएका थिए ।

अहिले समय फेरिएको छ । त्यसबेला माओवादी केन्द्रको एकल चुनाव चिह्नबाट उमेदवार बनेका यादव अहिले नेकपाको तारा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका छन् ।

अनि, महतो चाहिँ ०७९ को तमलोपा नभएर राष्ट्रिय मुक्ति पार्टी नेपाल र एकल चुनाव चिह्न चकिया (जाँतो) लिएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

यादव र महतोबीचको चुनावी प्रतिस्पर्धा पुरानै हो । ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि यी दुईबीच कडा टक्कर देखिएको थियो ।

त्यतिबेला तराई मधेस सद्भावना पार्टीबाट उमेदवार बनेका यादव २ हजार ७८४ मतान्तरले विजयी भएका थिए भने महतो पराजित भएका थिए ।

सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्र नम्बर–२ मा राजेन्द्र महतो र महिन्द्र राय यादव फेरि आमनेसामने भएका छन् । पटक-पटक आमनेसामने हुँदै आएका यी दुई नेताबीचको चुनावी प्रतिस्पर्धालाई यसपटक पनि चासोका साथ हेरिएको छ ।

०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन माओवादी केन्द्रको एकल चुनाव चिह्न लिएका यादव निर्वाचित भएका थिए । त्यसबेलाको गठबन्धनका कारण यादवले नेपाली कांग्रेस, एकीकृत समाजवादीलागायत दलको पनि साथ पाएका थिए ।

०७९ मा यादव २३ हजार ५२९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उमेदवार बनेका महतो २१ हजार ५१८ मत ल्याएर दोस्रो भएका थिए ।

अहिले समय फेरिएको छ । त्यसबेला माओवादी केन्द्रको एकल चुनाव चिह्नबाट उमेदवार बनेका यादव अहिले नेकपाको तारा चुनाव चिह्न लिएर मैदानमा उत्रिएका छन् । अनि, महतो चाहिँ ०७९ को तमलोपा नभएर राष्ट्रिय मुक्ति पार्टी नेपाल र एकल चुनाव चिह्न चकिया (जाँतो) लिएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

अनि, यसपटक यी दुई चीर प्रतिद्वन्द्वी पुनः चुनावी मैदानमा आमनेसामने भएका छन् ।

यसपटक महिन्द्र–राजेन्द्रको पुरानो प्रतिस्पर्धामा केही नयाँ अनुहारको चुनौतीले पनि चुनावी समीकरण रोचक बनेको छ । नेपाली कांग्रेसबाट डा. सरोज कुमार उमेदवार बनेका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही-४ बाटै उमेदवार बनेका छन् । जसले गर्दा त्यसको प्रभावको लाभ कांग्रेस उमेदवार कुमारले पनि पाउने कतिपयको बुझाइ छ ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रविन महतो र जनमत पार्टीबाट विपिन कापरलगायतका उमेदवार मैदानमा उत्रिँदा सर्लाही–२ को चुनावी माहोल गर्माएको छ ।

नयाँ उमेदवारको उपस्थितिले प्रतिस्पर्धालाई रोचक बनाएको छ । तर, कतिपयको बुझाइमा मुख्य प्रतिस्पर्धा राजेन्द्र र महिन्द्रबीच नै हुनेछ । 

अघिल्ला निर्वाचनका अनुभव, संगठनात्मक पकड र मधेस राजनीतिमा दुवैको प्रभावका कारण सर्लाही–२ फेरि एकपटक चासोको केन्द्र बन्ने देखिएको छ । फागुन २१ को मत परिणामले पुराना प्रतिद्वन्द्वीमध्ये कसको पल्ला भारी होला ? त्यो भने समयले नै देखाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *