सर्लाही, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा स्थायित्वका लागि आफ्नो पार्टीलाई देशै भरि जिताउन आह्वान गरेका छन् ।
आफ्नो निर्वाचन क्षेत्र चितवन २ का मतदातासँग कुरा गर्दै उनले आफूहरू एक,दुईजना मात्र जितेर नहुने भन्दै कम्तीमा एकल बहुमत ल्याउनुपर्ने बताए ।
‘यस पटक चितवनलाई मात्र जिताएर भएन, देशै भरिलाई जिताउनु पर्ने अवस्था भएको हुनाले, यस पटक यो २ नम्बर क्षेत्रको चुनावको प्रचारकका रूपमा मैले आफ्नो प्रतिनिधिको रूपमा तपाईँहरूलाई अनुरोध गर्ने विचार गरेको छु,’ उनले भने, ‘कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनु पर्ने हुन्छ । पाँच वर्षको स्थायी सरकार यो देशले पाउँछ।’
उनले जनताको आदेश मानेर नै नयाँ शक्तिहरू एक ठाउँमा ल्याएर चुनावमा होमिएको बताए।
