सर्लाही, ०१ फागुन । सर्लाहीको गोडैता नगरपालिका–३ मधुवनगोठस्थित किसानको खेतमा आगलागी हुँदा उखु बाली जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार बिहीबार राति करिब साँझ ८ः३० बजे लागेको आगोबाट करिब १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागीबाट स्थानीय ४० वर्षीय लालबाबु महतोको २ कठ्ठा र ३० वर्षीय शिवजी महतोको १ कठ्ठा उखुबारी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनामा मानविय तथा चौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *