सर्लाही, ०५ फागुन । आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

सुरुवाती तीनवटै खेलमा हार बेहोरेको नेपाली टोली आज सान्त्वना जितको खोजीमा हुनेछ । यस्तै १२ वर्षदेखिको जितको खडेरी तोड्दै जितका साथ प्रतियोगिता टुंग्याउने लक्ष्यमा पनि नेपाल हुनेछ ।

नेपालले सन् २०१४ मा अफगानिस्तानसँगको विश्वकप खेल जितेयता टी-२० विश्वकपमा कुनैपनि खेल जित्न सकेको छैन । सन् २०२४ मा समूह चरणमा तीन वटा खेलमा हार बेहोर्दा एक खेल वर्षाका कारण हुन सकेको थिएन।

यस संस्करणमा पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध शानदार प्रदर्शन गरेपनि जितको नजिक पुगेर पराजित भएको नेपाल त्यसपछिका दुई खेलमा एकपक्षीय रूपमा पराजित भएको थियो ।

नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्य रहेको बताएका छन् ।

‘विश्वकप राम्रो अनुभूति र केही सकारात्मक पक्षसहित सकाउन चाहन्छौं। अगाडि एकदिवसीय क्रिकेट सुरु हुँदैछ, त्यसका लागि पनि लय आवश्यक छ’ स्कटल्यान्डसँगको खेलअघि आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा उनले भनेका थिए ।

यस्तै पोथसले नेपाली टोलीबाट बारम्बार एउटै गल्ती भइरहेको उल्लेख गर्दै त्यो कुरामा सुधार आवश्यक रहेको बताए । स्कटल्यान्डविरुद्धको खेलमा खेलाडीहरूले प्रतिस्पर्धात्मक खेल देखाउनुपर्छ र एउटै गल्ती पटक–पटक दोहोर्‍याउनु हुँदैन’ उनले भने।

नेपाली टोलीका कन्सल्ट्यान्ट प्रशिक्षक निक पोथसले स्कटल्यान्डविरुद्ध जित निकाल्दै सकारात्मक सन्देशसहित प्रतियोगिता टुंग्याउने लक्ष्य रहेको बताएका छन् ।

‘विश्वकप राम्रो अनुभूति र केही सकारात्मक पक्षसहित सकाउन चाहन्छौं। अगाडि एकदिवसीय क्रिकेट सुरु हुँदैछ, त्यसका लागि पनि लय आवश्यक छ’ स्कटल्यान्डसँगको खेलअघि आयोजित प्रि म्याच प्रेस कन्फेरेन्समा उनले भनेका थिए ।

यस्तै पोथसले नेपाली टोलीबाट बारम्बार एउटै गल्ती भइरहेको उल्लेख गर्दै त्यो कुरामा सुधार आवश्यक रहेको बताए । स्कटल्यान्डविरुद्धको खेलमा खेलाडीहरूले प्रतिस्पर्धात्मक खेल देखाउनुपर्छ र एउटै गल्ती पटक–पटक दोहोर्‍याउनु हुँदैन’ उनले भने ।

यता न्युजिल्यान्डबाट खेलिसकेका स्कटल्यान्डका खेलाडी टम ब्रुसले नेपाल राम्रो टोली रहेको बताउँदै हल्का रूपमा नलिने बताएका छन् । ‘नेपालले इंग्ल्यान्डविरुद्ध उत्कृष्ट खेल्यो, त्यो विश्वकपकै ठूलो अपसेट हुन सक्थ्यो। त्यसपछि उनीहरू आफ्नै अपेक्षाअनुसार खेल्न नसकेको हुन सक्छ। त्यसैले उनीहरू उत्कृष्ट लयमा आउने अपेक्षा गरेका छौं’ ब्रुसले प्रि म्याच प्रेस कन्फेरेन्समा भनेका थिए ।

स्कटल्यान्ड र नेपालबीच पछिल्ला वर्षहरूमा प्रतिस्पर्धा बढ्दै गएको उल्लेख गर्दै ब्रुसले नेपाल समर्थकहरूको उत्साहको प्रशंसा गरे। ‘नेपाल जहाँ खेले पनि समर्थकको साथ असाधारण हुन्छ। हामी रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षामा छौं र दुवै टोली विश्वकप सकारात्मक नतिजासहित टुंग्याउन चाहन्छन्’ उनले भने।

‘इंग्ल्यान्डविरुद्ध ५० हजार दर्शक हाम्रो समर्थनमा थिए। अब सम्भवतः कम संख्या हुनेछन् तर धेरै समर्थन नेपालका पक्षमा हुनेछ। त्यो क्रिकेटको सुन्दरता हो। हामी त्यसका लागि तयार छौ’ उनले थपे ।

हेड टु हेड

स्कटल्यान्ड नेपालजस्तै एसोसियट राष्ट्र हो । आईसीसी टी-२०आई वरियतामा स्कटल्यान्ड १४औं स्थानमा छ भने नेपाल १६औं स्थानमा छ।

स्कटल्यान्ड युरोपियन छनोट पार गर्न नसक्दा विश्वकपमा छनोट भएको थिएन । तर बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न जान अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई सहभागी नगराउने निर्णय गरेको थियो । यस्तोमा वरियताका आधारमा स्कटल्यान्डले मौका पाएको थियो ।

गत संस्करणको टी-२० विश्वकपमा पनि खेलेको स्कटल्यान्डले समूह चरण पार गर्न नसक्दा नेपालजस्तै क्षेत्रीय छनोटमा खेलेको थियो ।

स्कटल्यान्डसँग नेपालले हालसम्म २ पटक खेलेको छ जहाँ दुवै टोलीले १-१ खेल जितेका छन् । गत वर्ष स्कटल्यान्डमै भएको नेदरल्यान्ड्स पनि सम्मिलित त्रिदेशीय टी-२०आई शृंखलामा स्कटल्यान्डसँग २ खेल खेलेको नेपालले एक खेल जित्दा एक खेल गुमाएको थियो ।

नेपालले त्यसअघि सन् २०१३ मा स्कटल्यान्डसँग टी-२० मा खेलेको थियो जहाँ नेपाल पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *