सर्लाही, ११ फागुन । भैरहवा र पोखराको चुनावी सभा स्थगित गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भरतपुरमा भने आम सभा गर्ने भएको छ । 

रास्वापले फागुन १५ गते चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा चुनावी सभा गर्न लागेको हो । यो सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने रास्वपाले जनाएको छ । 

यसअघि लामिछाने र शाहले फागुन ६ मा धनगढीमा आयोजित सभालाई सम्बोधन गरेका थिए । त्यसको भोलिपल्ट सुर्खेतमा आयोजित सभालाई दुवै नेताले सम्बोधन गरेका थिए। 

त्यसपछि भने शाह सुर्खेतबाट काठमाडौँ फर्किएका थिए । सभापति लामिछानेले भने भदौ ८ मा दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । 

त्यस लगत्तै रास्वपाले भैरहवा र पोखराको चुनावी सभा स्थगित गरेको थियो। अहिले शाह झापामा घरदैलो गरिरहेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *