राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्षित गर्दै काठमाडौंबाट आएर मधेशको बेटा हुँ भन्नेलाई रोक्नुपर्ने बताएका छन् । चुनावी अभियानका क्रममा सर्लाहीको लालबन्दी पुगेका लामिछानेले कांग्रेस सभापति थापालाई रोक्नुपर्ने बताए ।
‘कोही काठमाडौंबाट यहाँ आएर म मधेशको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ । यसपटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईंको’, रविले भने ।
सर्लाही–४ मा रास्वपाबाट अमरेशकुमार सिंह, नेपाली कांग्रेसबाट सभापति गगन थापालगायत उम्मेदवार छन् । यसअघि काठमाडौं–४ मा तीनपटक जितेका कांग्रेस सभापति थापा यसपटक भने सर्लाही–४ बाट उम्मेदवार बनेका हुन् । सर्लाही–४ मा आफ्नो पार्टीका उम्मेदवार अमरेशकुमार सिंहले जित्ने दाबी पनि लामिछानेले गरे ।
