सर्लाही, १५ फागुन । सर्लाहीमा ४४ औँ राष्ट्रिय मगर दिवस एवं मगर स्थापना दिवसको अवसरमा सर्लाहीका तीन पालिकाले आज (शुक्रबार) बिदा दिएका छन् ।

मगर बाहुल्य लालबन्दी, बागमती र हरिवन नगरपालिकाले आज एक दिनका लागि आ-आफ्नो पालिकाभित्र स्थानीय बिदा दिएका हुन् ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी र बागमती नगरपालिकाका कार्यवाहक नगरप्रमुख कृष्णकुमार लामाले साँस्कृतिक पहिचानको संरक्षण तथा आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाओस् भन्ने कामनासहित मगर स्थापना दिवसको अवसरमा बिदा दिइएको उल्लेख गरेका छन् ।

नेपाल मगर संघको माग अनुसार लालबन्दी, बागमती र हरिवन नगरपालिकाले स्थानीय बिदा दिँदै भोली वडा कार्यालय, नगरपालिका, विद्यालय, स्वास्थ्य संस्था र मातहतका अन्य कार्यालय बन्द रहने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *