सर्लाही, ०४ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले लियेज रेड लायन्साबट बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् ।
सन्दीपलाई रेड लायन्सको टोलीले ‘प्रि-साइन’ मार्फत अनुबन्ध गरेको जनाएको छ । यो टोलीमा क्रिस लिन र कोरी एन्डरसन पनि अनुबन्ध भइसकेका छन् ।
इयू टी–२० लिगको बेल्जियम संस्करण २०२६ मे ३० देखि जुन ७ सम्म आयोजना हुने तालिका छ ।
प्रतियोगितामा एन्टवर्प, ब्रुज, लुभेन, लियेज, गेन्ट र ब्रसेल्सका छ टोली सहभागी हुनेछन् ।
