Morocco's Issa Diop (14) scores their first goal against Netherlands goalkeeper Bart Verbruggen (1) during the World Cup round of 32 soccer match between the Netherlands and Morocco in Guadalupe, near Monterrey, Mexico, Monday, June 29, 2026. (AP Photo/Moises Castillo)

काठमाडौं, १६ असार । फिफा विश्वकपमा नेदरल्यान्ड्सलाई अभागी टोलीका रूपमा चित्रित गर्ने गरिन्छ । उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि नेदरल्यान्ड्सले विश्वकपको उपाधि चुम्न नसकेका इतिहास छन् ।

नेदरल्यान्ड्सको खराब इतिहास फेरि दोहोरिएको छ । फिफा विश्वकपअन्तर्गत मंगलबार बिहान मेक्सिकोको मोन्टेरी रंगशालामा भएको मोरक्कोविरुद्धको खेलमा नेदरल्यान्ड्स फेरि एकपटक पेनाल्टी सुटआउटमा चुकेर प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

प्रि–क्वार्टरफाइनलमा पुग्नका लागि भएको खेलमा नेदरल्यान्ड्स मोरक्कोसँग पेनाल्टीमा  २–३ गोल अन्तरले पराजित भयो । नेदरल्यान्ड्स यसअघि लगातार दुईपटक पेनाल्टी सुटआउटमा हारेर विश्वकपबाट बाहिरिएको थियो ।

सन् २०१४ र २०२२ को विश्वकपमा पनि नेदरल्यान्ड्स पेनाल्टीमा चुकेको थियो । नेदरल्यान्ड्स २०१४ को विश्वकपमा पनि पेनाल्टी सुटआउटमा हारेर विश्वकपबाट बाहिरिएको थियो । त्यसपछि २०१८ को विश्वकपमा छनोट हुन नसकेको नेदरल्यान्ड्स २०२२ को विश्वकपमा पनि पेनाल्टी सुटआउटमा हारेर बाहिरिएको थियो ।

नेदरल्यान्ड् २०२२ को विश्वकपमा क्वार्टरफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *