सर्लाही, ०३ भदाै । कृषिमन्त्री गीता चौधरीले मल आपूर्तिमा ढिलाइ भएको बताएकी छन् । रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वितरण प्रणालीलाई प्रभावकारी बनाएर जाने बताइन् ।

उनले भनिन्, ‘भारतबाट जीटूजी गरेर मल आउने क्रममा नै छ । साउन १ देखि अहिलेसम्म ६२ हजार मेट्रिक टन ल्याएको छ । ६४ हजार मेट्रिक टन बाटोमा छ । यो आर्थिक वर्षको लागि २ लाख ८८ सय मेट्रिक टन ल्याउँदैछौँ ।’

अन्तर्राष्ट्रिय बजारबाट ल्याउनुपर्ने भएकाले विभिन्न कारणले ढुवानीमा ढिलाइ भएको बताइन् । मल वितरण प्रक्रियालाई सहज बनाएर जाने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *