सर्लाही, ०५ भदाै । नेपाली कांग्रेस संस्थापन इतर पक्षले १५औँ महाधिवेशन रोक्न आज सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै छ ।
कांग्रेस नेता मीन विश्वकर्माले जनाए अनुसार महाधिवेशन प्रक्रिया रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दायर गर्ने भएका छन् ।
कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाण्डुमा हुने कार्यतालिका सार्वजनिक गरेको छ ।
सो महाधिवेशन रोक्न इतर पक्ष सर्वोच्च पुग्ने भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले कांग्रेसको आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न निस्सा दिएको छ ।
सोको टुंगो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै रिट दर्ता गर्ने संस्थापन इतर पक्षले तयारी गरेको बताइन्छ ।
