रास्वपा संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, प्रवक्तामा जगदीश खरेल

Byसदाम हुसैन

२०८३ भाद्र ५, शुक्रवार २०८३ भाद्र ५, शुक्रवार २०८३ भाद्र ५, शुक्रवार

सर्लाही, ०५ भदाै । सत्तारुढ दल रास्वपाको केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा पार्टीका विभिन्न विभाग प्रमुखहरूको नाम टुंगो लगाएको हो ।

संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन् ।

त्यस्त सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, अर्थ विभागमा लीमा अधिकारी बनेकी छन् ।

बैठकले पार्टीको प्रवक्ता पनि टुंगो लगाएको छ। प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *