सर्लाही, १० भदाै । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ३ वटा जिल्लालाई ३ महिनाका लागि सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो । सङ्कटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक काम गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवम् समन्वयात्मक ढङ्गले गर्न सम्बन्धित निकायलाई यसअघि नै निर्देशन दिनुभएको छ ।
