सर्लाही, १० भदाै । सर्लाहीको लालबन्दीबाट मंगलबार बेलुका रुसुवाको गोसाइकुण्ड प्रस्थान गरेका पाँच जना सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेहरुमा लालबन्दी नगरपालिका–५, मेजरगन्जका चिरञ्जीवी खतिवडा, कृष्णप्रसाद धमला, द्धारिका डङ्गोल, लालबन्दी नगरपालिका–९, बस्तीपुरका माधव काफ्ले र नाम खुल्न नसकेका अर्का एक बालक रहेका लालबन्दी नगरपालिका–५ का वडाध्यक्ष मीनप्रसाद ढुङ्गेल ले बताए ।

वडाध्यक्ष ढुङ्गेलले भने– “उहाँहरु मंगलबार बेलुका यहाँबाट गोसाइकुण्डका लागि निस्कनुभएको भन्ने परिवारका सदस्यले सूचना दिएका छन् ।”

गोसाइकुण्ड हिँडेको टोलीका सबै सदस्यको ‘मोवाइल स्वीच’ अफ रहेको छ । परिवारका सदस्यका अनुसार बुधबार बिहान नुवाकोटको बट्टारमा रहँदासम्म गोसाइकुण्ड हिँडेकाहरुसँग सम्पर्क भएको थियो ।

गोसाइकुण्ड हिँडेकाहरुसँग सम्पर्क नहुँदा र अवस्था अज्ञात रहँदा परिवारजनमा रुवावासी चलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *