सर्लाही, ११ भदाै । सर्लाहीको कोडैना गाउँपालिका-१ मा पंखामा करेन्ट लाग्दा ११ महिने बालिका घाइते भएकी छन् ।
ईश्वरपुर नगरपालिका–८ घर भई मामाघर कोडैना गाउँपालिका–१ मा बस्दै आएकी सरोज साहकी ११ महिने छोरी अंकिता कुमारी साह सुतिरहेको अवस्थामा छेउमा राखिएको पंखामा अचानक करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको थियो। अस्पतालमा उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।
