एआईबाट तयार गरिएको साङ्केतिक फोटो ।

सर्लाही, १२ माघ । डाँका मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद र २ लाख ७९ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।

रामअशिष महतोको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी बिल्टु महतोसमेत रहेको डाँका मुद्दामा वारदात मिति २०६१ साल बैशाख ०९ गतेदेखि फरार रहेका जिल्ला सर्लाही कविलासी नगरपालिका–७ निवासी राम औतार महतोका छोरा वर्ष ४४ का बिल्टु महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

लागत नम्बर २७९१ कायम रहेको उक्त मुद्दामा अदालतबाट ६ वर्ष कैद र रु. २,७९,६०० जरिवाना तोकिएपछि फरार रहेका उनलाई खोजतलास गर्दै जाने क्रममा हरिवन नगरपालिका–५ मा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

पक्राउ परेका महतोलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *