सर्लाही, २० माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअघि सशस्त्र प्रहरीमा राजीनामा दिन समेत नपाइने भएको छ । 

निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले आफ्ना सम्पूर्ण कार्यालयमा खटिएका कर्मचारीलाई राजीनामा, रबाना र बिदा बन्द गरिएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएकाले माघ १९ गतेदेखि राजीनामा, रबाना र बिदा बन्द गरिएको डीएसपी थापाले बताए । 

निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, अन्यत्र कार्यालयमा जानको लागि रबाना नगर्ने तथा अति आवश्यक बाहेक बिदा स्वीकृत नगर्न तथा नगराउन सम्पूर्ण कार्यालयलाई परिपत्र गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *