सर्लाही, २७ माघ । ठूलो बजेट ओगटेका विकासे मन्त्रालयहरू नै बजेट खर्चमा दयनीय अवस्थामा रहेको देखिएको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार सहरी विकास मन्त्रालयले पुस मसान्तसम्म ६.३१ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।

यस वर्ष सहरी विकास मन्त्रालयले ९१ अर्ब ३५ करोड रुपैयाँ बजेट ओगटेको छ । खर्च भने ५ अर्ब ७६ करोडमात्र गर्न सकेको छ ।

उता, अर्को ठूलो बजेट ओगट्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १८.१२ प्रतिशतमात्र खर्च भएको छ । यस मन्त्रालयले चालु आव कुल १ खर्ब ५३ अर्ब रुपैयाँ बजेट ओगटेको छ । खर्च भने २७ अर्ब ८७ करोडमात्र भएको छ ।

त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अर्को ठूलो बजेट ओगटेको मन्त्रालय हो । यो मन्त्रालयको ६ महिनाको खर्च १६.५६ प्रतिशतमात्र छ । ४२ अर्ब ७७ करोडको बजेट राखेको यस मन्त्रालयले ७ अर्बमात्र खर्च गर्न सकेको देखिन्छ ।

प्रतिशतका हिसाबमा सबैभन्दा धेरै बजेट खर्च परराष्ट्र मन्त्रालयले गरेको छ । सो मन्त्रालयले ६ महिनामै ५५.८० प्रतिशत बजेट खर्च गरिसकेको तथ्यांक छ ।

अर्थ मन्त्रालय स्वयंले ६ महिनामा ३५.५४ प्रतिशत बजेट खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३२.९८ प्रतिशत बजेट खर्च गरेको अर्थ मन्त्रालयको तथ्यांक छ ।

नयाँ सरकार गठन भएसँगै अर्थ मन्त्रालयले सहरी विकास, भाैतिक पूर्वाधार तथा यातायात लगायत मन्त्रालयकाे ठूलाे बजेट राेक्का गरेकाे थियाे । त्यसकाे असर ६ महिनाकाे बजेट खर्चमा स्पष्ट देखिन्छ ।

मन्त्रालयगत बजेट खर्च विवरण (२०८२/८३)

सि.नंमन्त्रालय / निकायविनियोजित बजेट (हजारमा)खर्च (हजारमा)खर्च प्रतिशत (%)
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय५४,६५६१८,०२३३२.९८
अर्थ मन्त्रालय३,९५,०६७१,४०,४१०३५.५४
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय८९,५१९७,५९६८.४८
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय४,२७,७१५७०,८३२१६.५६
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय५,३९४१,६८४३१.२३
कृषि तथा पशुपन्छी विकास मन्त्रालय५,०७,०२९२,१७,८२७४२.९६
खानेपानी मन्त्रालय२,०७,२९८२४,७७८११.९५
गृह मन्त्रालय२१,१७,५८२८,९१,७९९४२.११
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय७६,७२२१०,१९११३.२८
१०परराष्ट्र मन्त्रालय९०,१७१५०,३१७५५.८०
११वन तथा वातावरण मन्त्रालय१,२१,८३२३५,९८८२९.५४
१२भूमिसुव्यवस्था, सहकारी तथा गरिबी निवारण७४,१४१२७,३६९३६.९१
१३भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय१५,३७,८६८२,७८,७२८१८.१२
१४महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय१५,३२८३,१३९२०.४८
१५युवा तथा खेलकूद मन्त्रालय५७,२२९७,६५११३.३७
१६रक्षा मन्त्रालय६,३३,०६९२,९०,४५५४५.८८
१७शहरी विकास मन्त्रालय९,१३,५०४५७,६६७६.३१
१८शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय६,०५,७०६२,८१,००२४६.३९
१९सञ्चार तथा सूचना प्रविधि मन्त्रालय७८,९१९२५,४००३२.१९
२०संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय७५,४०२११,०२५१४.६२
२१स्वास्थ्य तथा जनसंख्या मन्त्रालय५,६३,३३५१,८६,३७५३३.०८
२२श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय१६,३७१२,५४८१५.५६
२३राष्ट्रिय योजना आयोग१,७०८६९८४०.८७

Leave a Reply

Your email address will not be published. Required fields are marked *