सर्लाही, २९ माघ । डिजिटल प्रविधिको विकाससँगै व्यावसायिक संस्थाहरूमा डिजिटल मार्केटिङको आवश्यकता बढ्दै गएको छ ।

यस्तै आवश्यकतालाई मध्यनजर गर्दै सञ्चार व्यवस्थापन प्लेटफर्म प्रदायक कम्पनी आकाश एसएमएसले भ्वाइस र टेक्स्ट मेसेजका माध्यमबाट एकै पटक हजारौँ प्रयोगकर्तासम्म पुग्न सकिने प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

आकाश एसएमएसका अनुसार भ्वाइस र एसएमएस ब्रोडकास्टिङ सेवामार्फत ठुलो सङ्ख्यामा रहेका प्रयोगकर्तासम्म सेकेन्डभरमै आफ्नो सन्देश प्रवाह गर्न सकिन्छ ।

यो प्लेटफर्ममार्फत सन्देश पठाउँदा प्रयोगकर्ताले आफ्नै आवाजमा रेकर्ड गरिएको सन्देश वा मानिसले बोले जस्तै सुनिने आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित टेक्स्ट टु स्पिच (टीटीएस) प्रविधि प्रयोग गर्न सक्छन् ।

यस प्रविधिको सहयोगले कुनै पनि सूचना वा सन्देश तयार गरी एकसाथ हजारौँ व्यक्तिलाई पठाउन सम्भव भएको कम्पनीले जनाएको छ ।

विशेषगरी निर्वाचनको समयमा उम्मेदवारहरूले आफ्ना एजेन्डा र योजनाहरू मतदातासम्म एकै पटक पुर्‍याउन यो सेवा निकै उपयोगी हुने विश्वास कम्पनीको छ । यसले हरेक व्यक्तिलाई छुट्टाछुट्टै फोन गर्नुपर्ने झन्झटलाई अन्त्य गरिदिन्छ ।

त्यस्तै, एसएमएस ब्रोडकास्टिङमार्फत एकै क्लिकमा विभिन्न सूचना, जनचेतना, अलर्ट, प्रमोसन वा आपतकालीन जानकारीहरू प्रवाह गर्न सकिन्छ । यसबाट प्रयोगकर्ताको समय, मेहनेत र लगानी सबैको बचत हुने कम्पनीको दाबी छ ।

नेपालमै तयार पारिएको यो प्लेटफर्म हाल विभिन्न क्षेत्रका संस्थाहरूले सफलतापूर्वक प्रयोग गरिरहेका छन् । कम्पनीका अनुसार हाल बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, कर्पोरेट हाउस, सरकारी तथा गैर-सरकारी संस्थाहरूले आफ्ना ग्राहक र सरोकारवालासँग सञ्चार गर्न यो सेवाको प्रयोग गरिरहेका छन् ।

डिजिटल विश्वमा बढ्दो पहुँचलाई मध्यनजर गर्दै आकाश एसएमएसले ल्याएको यो सञ्चार व्यवस्थापन सेवा मास कम्युनिकेसनका लागि एक आधुनिक र भरपर्दो विकल्पको रूपमा स्थापित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *