सर्लाही, २३ जेठ । श्रेयस अय्यर भारतको नयाँ टी–२०आई कप्तान बनेका छन् । शनिबार बसेको छनोट समितिको बैठकले श्रेयसलाई नयाँ कप्तान छनाेट गरेको हो ।

श्रेयसले आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको सिरिज तथा एसियस गेम्समा भारतको कप्तानी गर्नेछन् । यसअघिका कप्तान सूर्यकुमार यादव यी ३ सिरिजका लागि टोलीमै परेका छैनन् ।

अय्यरले पछिल्ला वर्षहरूमा कप्तान र ब्याटर दुवै भूमिकामा राम्रो प्रदर्शन गरेका छन् । उनले २०२४ मा कोलकाता नाइट राइडर्सलाई आईपीएलको उपाधि दिलाएका थिए भने दिल्ली क्यापिटल्स र पन्जाब किङ्सलाई पनि फाइनलसम्म पुर्‍याएका थिए ।

सन् २०२५ को आईपीएलमा पन्जाबमा अनुबन्ध भएर कप्तान चुनिएका श्रेयसले उक्त सिजनमै टोलीलाई फाइनलमा पुर्‍याएका थिए ।

यस सिजन भने सुरुवाती ७ खेलमा अपराजित रहेपनि प्लेअफ भने पुग्न सकेन । उनले आईपीएल २०२५ मा ६०४ रन बनाएका थिए भने आईपीएल २०२६ मा ४९८ रन जोडेका थिए ।

टी–२० विश्वकपको उपाधि जिताएका सूर्यकुमारले भने पछिल्लो समय राम्रो प्रदर्शन गरेका थिएनन् । सूर्यकुमारले विश्वकपमा ९ इनिङ्समा २४२ रन बनाएका थिए भने आईपीएल २०२६ मा १३ खेलबाट २७० रन मात्र जोड्न सकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *