सर्लाही, २४ जेठ । विश्वभरका साना जलाशयहरूको पानी भण्डारण क्षमता उल्लेखनीय दरमा घटिरहेको पछिल्लो एउटा अध्ययनले देखाएको छ ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत नान्जिङ भूगोल तथा ताल विज्ञान संस्थानका अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरेको अध्ययनले उपग्रह तस्वीर, भौगोलिक तथ्याङ्क तथा इन्जिनियरिङ अभिलेखको आधारमा विश्वव्यापी जलाशयको विस्तृत तथ्याङ्क भण्डार तयार गरेको हो ।

अध्ययनमा विश्वका ५ लाख ५० हजारभन्दा बढी जलाशय समेटिएका छन् । अध्ययनअनुसार विश्वका जलाशयहरूले हरेक दशकमा औसत ७.३ प्रतिशत भण्डारण क्षमता गुमाइरहेका छन् । विशेषगरी साना जलाशयहरू यस समस्याबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

जलाशयहरूले कृषि सिँचाइ, खानेपानी, बाढी नियन्त्रण तथा विद्युत् उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि नदीबाट बगेर आउने माटो, बालुवा तथा अन्य पदार्थ बाँध पछाडि थुप्रिँदै जाँदा जलाशयमा पानी भण्डारण गर्ने ठाउँ घट्दै जाने र उपयोगिता कमजोर बन्दै जाने समस्या बढिरहेको प्रतिवेदनमा भनिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *