पत्रकार मैनालीले आफ्नो जन्मदिन गुरु कुलमा मनाए

Byसदाम हुसैन

२०८२ श्रावण २९, बिहीवार २०८२ श्रावण २९, बिहीवार २०८२ श्रावण २९, बिहीवार

सर्लाही, २९ साउन। सर्लाही जिल्लाका सक्रिय पत्रकार प्रकाश मैनालीले आफ्नो ३३ औं जन्मदिन विशेष तरिकाले मनाएका छन् । उनले आज लालबन्दी नगरपालिका–७ स्थित राधाकृष्ण मन्दिर डुमडुमेमा रहेको राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरु कुलमा पुगेर शैक्षिक सामग्री तथा खाद्यान्न सहयोग गरेका छन् ।

मैनालीले गुरु कुलमा संचालन हुने गतिविधि सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग गरेका हुन् । गुरु कुल परिवारले यस कदमप्रति खुसी व्यक्त गर्दै मैनालीको सामाजिक भावना र योगदानको प्रशंसा गरेका छन् ।

हाल मैनाली सर्लाहीबाट प्रसारण भइरहेको सामुदायिक रेडियो एकताको स्टेशन म्यानेजर, सर्लाहीबाट प्रकाशन हुने उज्यालो अभियान दैनिकका सञ्चालक तथा राष्ट्रिय स्तरमा प्रकाशित हिमालय टाइम्स का सर्लाही संवाददाता रहेका छन् । साथै, उनी ईमेज टेलिभिजनमा समेत रिपोर्टिङ गर्दै आएका छन् ।

पत्रकार मैनाली नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषदका सदस्य मात्र नभई आँखा उपचार केन्द्र ईश्वरपुरका उपाध्यक्ष र बी.पी. सामुदायिक पुस्तकालय ईश्वरपुरका अध्यक्ष समेत हुन् । पत्रकारिता सँगसँगै उनी सामाजिक सेवामा पनि सक्रिय छन् ।

उनी आफ्नो जन्मदिन सामाजिक सेवामार्फत मनाउँदै उदाहरणीय योगदान दिने व्यक्तिका रूपमा चिनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *