अत्यधिक वर्षापछि आएको आकस्मिक बाढीमा परी पाकिस्तानमा ३ सय २१ जनाको मृत्यु भएको छ । सीएनएनका अनुसार, यो आँकडा २४ घण्टाभित्रको हो । सबैभन्दा बढी विनाश खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । यहाँ उद्धार कार्यका क्रममा एक हेलिकप्टर दुर्घटना हुँदा पाँच जना चालक दलका सदस्यको समेत मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

खैबर पख्तुनख्वाका विभिन्न जिल्लामा शुक्रबार तीव्र वर्षा र बादल–फुटका कारण आएको आकस्मिक बाढीले एकै दिनमा २ सयभन्दा बढीको ज्यान लिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *