सर्लाही, ०८ भदाै । एक युवकलाई सांघातिक रुपमा आक्रमण गर्ने ८ युवालाई रामेछाप प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको छ ।
मन्थली नगरपालिका–७ भटौली स्थित कल्लेरी मानेडाँडाका ३५ वर्षीय जीवन विकलाई निर्घात कुटपिट गर्ने ८ युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
करण विकले पुरानो रिसिइवी सादेर जीवनलाई कुट्ने योजना बनाइ आइतबार बिहानै राजधानी काठमाडाैंवाट चारवटा मोटरसाइकलमा ८ जना मिलेर आएका युवाहरुले जीवनको खाजी गरेका थिए ।
उनी आफ्नो घरायसी कामले घरभन्दा केही माथि खाँडादेवी गाउँपालिका–९ स्कुलडाँडामा बसिरहेको स्थानमा पुगेका समुहले जीवनलाई भेट्नासाथ निर्घात कुटपिटमा उत्रिएका थिए ।
कुटपिटवाट घटनास्थलमै बेहोस बनेका जीवनलाई स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए । घटना विवरण प्राप्त हुनासाथ घटनास्थल पुगेको प्रहरीको टोलीले गम्भीर घाइते भएका जीवन विकलाई उपचारको लागि रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिएकोमा उनको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडाैंरेफर गरिएको रामेछाप सामुदायिक अस्पतालका निर्देशक डा.केशव धामीले जानकारी दिए ।
युवकलाई सामुहिक रुपमा सांघातिक आक्रमण गर्ने रामेछाप खाँडादेवी–३ आँपचौरका २५ वर्षीय गोपाल बिक, खाँडादेवी–२ मझुवाका २० वर्षीय दिपेन्द्र लोहार, खाँडादेवी–१ राकाथुमका ३६ वर्षीय नारायण लोहार, मन्थली–७ कल्लेरीका ३२ वर्षीय करण बि.क. र सोही ठाउँकी २५ वर्षीया विपना खातीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी सोही घटना संलग्न रहेका जिल्ला सिन्धुली सुनकोसी गाउँपालिका–४ डाँगी बस्ने २४ वर्षीय रमन बिक, ३० वर्षीय रमेश बिक, २० वर्षीय चतुरलाल बिकर उनीहरुले प्रयोग गरेका चार वटा मोटरसाइकलसमेत प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न सबैलाई कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतवाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।
