सर्लाही, भदाै । नेपाल विद्युत प्राधिकरणको नाफा करिब साढे एक अर्ब घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो । प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ ।
आ.व. २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन आ.व. २०८०/८१ को तुलनामा ३७.३२% ले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ। आघिल्लो आव २०८०/ ८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो ।
आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहेको छ ।