सर्लाही, १२ भदाै । श्रीलंकाले बाढीबाट प्रभावित नेपाललाई १० लाख डलर मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। श्रीलंकाली विदेश मन्त्रालयले सो घोषणा गरेको हो ।

मन्त्रालयका अनुसार नेपालका जनताप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सो वित्तीय सहयोग गर्न सरकारलाई निर्देशन दिएका थिए । राष्ट्रपति दिसानायकेले बुधबार नै समवेदना सन्देश जारी गरेका थिए ।

बिहीबार श्रीलंकाली विदेशमन्त्री विजिता हेराथले परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरी समवेदना, समर्थन र ऐक्यबद्धता जनाएको श्रीलंकाली विदेश मन्त्रालयले बताएको छ । 

श्रीलंका सरकारले नेपाल सरकारलाई जारी उद्धार तथा राहत कार्यमा सघाउँदै जाने पनि स्पष्ट पारेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *