सर्लाही, १३ भदाै । भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीबाट रसुवादेखि मुग्लिनसम्म ३२ वटा पुल बगाएको छ ।
४१ पक्की पुल मध्ये ३२ वटा पुल पूर्ण रूपमा क्षति भएको १ आंशिक क्षति र ८ वटा पुल जोगिएको नेपाल प्रहरीले जनाएको छ ।
बाढीका कारण रसुवा भन्सार यार्डमा रहेका विद्युतीय गाडी र ट्रकसहित ४०० भन्दा बढी सवारी साधन बगेको अनुमान गरिएको छ ।
यस्तै, ४० किलोमिटर सडक बगाइ पूर्ण रूपमा क्षति भएको छ। आज (१२ गते) साँझदेखि पृथ्वी राजमार्ग भने सुचारु भएको बताइएको छ।
बाढीका कारण १९८ वटा टेलिकम टावरमा क्षति भएकोमा १४५ वटा टावर सञ्चालनमा आएका छन् ।
प्रभावित क्षेत्रमा विद्युत र सञ्चार अवरुद्ध छ भने वैकल्पिक उपायको खोजी जारी रहेको प्रहरीको भनाई छ ।
७४८ मेगावाट सम्पन्न र निर्माणाधीन विद्युत अवरुद्ध भएको सरकारी तथ्यांक छ। रसुवा तथा नुवाकोटको सम्पूर्ण हाइवेमा पूर्वरूपमा क्षति पुगेको छ ।
