सर्लाही, ०३ भदौ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक साढे १० बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बोलाएको एक सांसदले जानकारी दिए ।

आकस्मिक रूपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । 

संसदमा विचाराधीन र विवादित कतिपय विधेयकहरूको बारेमा दलको धारणा बनाउन आकस्मिक छलफल आयोजना गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *