सर्लाही, ०५ भदाै । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरु मुलुकमा सुशासन कायम गर्न असफल भएको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै भण्डारीले राजनीतिक दलहरु प्रणालीमा जान नसकेको र मुलुकमा सुशासन कायम गर्न असफल भएको बताउनुभयो ।
देश पूर्ण लोकतान्त्रीक युगमा पुगिसक्दा पनि जनताको इच्छा आकांक्षा पुरा हुन नसकेको उहाले बताउनुभयो । उहाले अहिले संसद समेत निरिह थलोजस्तो भइरहेको टिप्पणी गर्नुभयो ।
ठूला दलहरुले संविधानमा प्रश्न उठाउदै संशोधनका लागि सहमति गरेपनि संशोधनको मुद्दामा छलफल नै हुन नसकेको उहाले बताउनुभयो । भण्डारीले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न समेत गर्दै जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने जिकिर गर्नुभयो ।
त्यस्तै पूर्वराष्ट्रपति भण्डारीले एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएकाले त्यसको मर्म र भावना अनुरुप काम गर्ने बताउनुभयो । उहाले आफ्नो संगठीत सदस्यमाथि नै च्यासलले प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
एमालेले सदस्यता नदिएपछि पार्टीको हितमा काम गरिराख्ने उहाले बताउनुभयो । भण्डारीले आफु लामो समयदेखि एमालेमा सक्रिय रहेको र एमालेकै निर्देशनमा राष्ट्रपति बनेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादको बिचारलाई समर्थन गरेकै आधारमा कुनैपनि वेला चूनौतिको सामना गर्नुपर्ने भएकाले हेक्का राख्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जगमा जबजको विचार अघि सारिएकाले यसमा अडिक रहनुपर्ने उहाले उल्लेख गर्नुभयो ।
पोखरेलले मदन भण्डारी फाउन्डेसनले स्थापना गरेको कार्यालयले उदेश्य अनुसारको काम गर्ने र मदन भण्डारीका योगदान र बिचारहरुलाई जनतामाझ पुराउने विश्वास व्यक्त गर्नुभयो ।