काठमाडौँ, १८ भदाै ।  चीनले आज (सेप्टेम्बर ३) ८० औँ विजय दिवसका अवसरमा आफ्नो सैन्य शक्ति प्रदर्शन गरेको छ । 

राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेपछि विशाल सैन्य परेड प्रदर्शन गरिएको हो । 

जसमा आणविक-सक्षम अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि छन् ।

बीबीसीका अनुसार विभिन्न प्रकारका छोटोदेखि मध्यमसम्म दूरीका क्षेप्यास्त्र, बहुप्रक्षेपण रकेट प्रणाली र मानवरहित लडाइँ हवाई सवारीसाधन (जसलाई स्टेल्थ ड्रोन पनि भनिन्छ) देखाइएका हुन्। 

जसमा हाइपरसोनिक ग्लाइड सवारीसाधन, वाईजे-२१ एन्टी-सिप क्रुज मिसाइल र जेएल-३ पनडुब्बी-प्रक्षेपित ब्यालिस्टिक मिसाइल पनि छन्। 

डीएफ-५सी पनि प्रदर्शन गरिएको छ, जुन चीनको डोङफेङ-५ आणविक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आईसीबीएमको नयाँ संस्करण हो।

चीनको आणविक क्षेप्यास्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *