सर्लाही ।  बदलिँदो जीवनशैली, लामो समयसम्म बसेर काम गर्ने बानी र खानेकुरामा देखिने अव्यवस्थाका कारण जोर्नी दुखाइ अब केवल वृद्धवृद्धामै सीमित छैन, युवाहरूमा पनि सामान्य समस्या बन्दै गएको छ ।

औषधिले केही समयको लागि मात्र राहत दिन्छ, तर स्थायी समाधान चाहनुहुन्छ भने योग सबैभन्दा उत्तम विकल्प हो । योगले दुखाइ कम गर्नुका साथै हड्डी र मांसपेशीलाई बलियो बनाउँछ र शरीरलाई लचिलो राख्छ ।

यदि तपाईं जोर्नी दुखाइबाट दीर्घकालीन राहत चाहनुहुन्छ भने औषधिमा मात्र भर नपरी दैनिक जीवनमा योगलाई समावेश गर्नुहोस् । बिस्तारै अभ्यास सुरु गर्नुस् र आसनहरू सही तरिकाले गर्न प्रशिक्षित योग शिक्षकको मार्गदर्शन लिनुहोस् । नियमित अभ्यासले दुखाइ कम गर्ने मात्र होइन, शरीरलाई फिट र ऊर्जावान् पनि बनाउँछ ।

  • जोर्नी दुखाइ कम गर्न ५ प्रभावकारी योग आसन
0-21

१. वज्रासन

यो आसनले पाचन प्रणाली सुधार गर्छ । खाना खाएपछि बस्ने आसन मानिए पनि, वज्रासन जोर्नी दुखाइमा पनि फाइदाजनक छ । नियमित पाँचदेखि १० मिनेट वज्रासन बस्दा घुँडाको कडापन कम हुन्छ र मांसपेशी बलियो बन्छ ।

Headers-August-2022-20-1

२. त्रिकोणासन

त्रिकोणासनले शरीरलाई तन्काएर हड्डीहरूलाई बलियो बनाउँछ। यसले मेरुदण्ड, घुँडा र गोलीगाँठो वरिपरिको मांसपेशी सक्रिय गर्छ । घुँडा वा कम्मरमा निरन्तर दुखाइ हुनेहरूका लागि यो आसन धेरै उपयोगी छ ।

setubandhasana-steps-and-benefits

३. सेतुबन्धासन (पुल पोज)

यो आसनले ढाड र घुँडाको दुखाइ कम गर्छ । सुतेर गर्ने यो आसनले मेरुदण्ड र नसामा रक्त प्रवाह बढाउँछ, जसले पुरानो दुखाइ घटाउँछ र शरीरलाई मजबुत बनाउँछ ।

cobra-pose_11zon

४. भुजंगासन

भुजंगासनले मेरुदण्डलाई बलियो बनाउँदै ढाड दुखाइमा राहत दिन्छ । यसले ढाडका मांसपेशीलाई तन्काएर लचिलोपन ल्याउँछ। ढाड र जोर्नी दुखाइ दुवैका लागि यो आसन लाभकारी छ ।

tadasan

५. ताडासन

ताडासनले सम्पूर्ण शरीरलाई तन्काउँछ र रक्तसञ्चार बढाउँछ । लामो समय उभिनुपर्ने वा खुट्टा दुख्ने समस्यामा यो आसन विशेष उपयोगी मानिन्छ। यसले हड्डीमा पर्ने दबाब कम गरेर शरीरलाई सन्तुलित राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *