सर्लाही, १९ भदाै । मधेश प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार एक सूचना जारी गर्दै मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको जानकारी दिएका हुन् ।
सूचनामा भोलि शुक्रबार प्रदेशभर सरकारी तथा सार्वजनिक कार्यालयहरू बन्द रहने उल्लेख गरिएको छ।