सर्लाही, २० भदाै । आज ‘अन्तर्राष्ट्रिय परोपकार दिवस’ विश्वभर मनाइँदैछ । यो दिवस विशेष गरी निर्धन र असहायको सेवामा जीवन समर्पित गरेकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिहरूसँग मनाउने गरिन्छ ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन सुरु गरिएको हो । यसको मुख्य उद्देश्य असमानता, गरिबी र विविध पीडाबाट ग्रसित समुदायका मानिसहरूलाई सहयोग गर्नु हो ।

राष्ट्रसङ्घले पारदर्शी ढंगले निर्धनलाई सहयोग गर्न, युवा नेतृत्व विकास गर्न, र जलवायु परिवर्तन तथा गरिबीका कारण आधारभूत आवश्यकताबाट वञ्चित भएका मानिसहरूलाई सहयोग गर्न उदार मनले परोपकारी गतिविधिहरू सञ्चालन गर्न जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *