सर्लाही, २३ भदाै । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडी भएको प्रदर्शनमा झडप हुँदा ७७ जना घाइते भएका छन् । सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ घाइते हुनेको सङ्ख्या ७७ पुगेको प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

घाइतेहरूको मिनभवनस्थित सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार हुँदैछ । सिभिल अस्पतालमा ५२ जनाको उपचार भइरहेको छ । ट्रमा सेन्टरमा १० जना प्रदर्शनकारी उपचाररत छन् ।

प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *