सर्लाही, २३ भदाै । प्रहरीको गोली लागेर बानेश्वरमा रहेको हिमालयन जाभाका सञ्चालक शान्तकुमार मेहेता घाइते भएका छन् ।

मेहेतालाई सिसाबाट छिरेको गोली लागेको एक प्रत्यक्षदर्शीले बताइन् । आफूसहित १५/२० जना अहिले जाभाभित्रै रहेको उनले जानकारी दिइन् ।

जेन जेडको आन्दोलन भड्किएसँगै बानेश्वर क्षेत्रमा कर्फ्यू लगाइएको छ । अहिले यहाँ सेना परिचालित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *