सर्लाही, २३ भदाै । सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनको क्रममा भएको दमनको निन्दा गरेको छ ।
सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरंकुश छविलाई उजागर गरेको जनाएका छन् ।
‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्तिप्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोली लाग सिणैं प्रदर्शनकारी घाइते भएको र सार्वभौम नागरिकहरूको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सर्वोच्च बारले विरोध गर्नु सार्वभौम नागरिकको सार्वभौम अधिकार भएको उल्लेख गर्दै स्थिति थप प्रतिकूल हु नदिन सरकारलाई संयमित, मर्यादित र जिम्मेवार हुन अनुरोध गरेको छ ।
