सर्लाही, २५ भदाै । विराटनगरको बाल सुधारगृहबाट बाल बिज्याइँकर्ताहरू पनि भागेका छन् । जेनजी समूहको आन्दोलनको मौका पारेर बुधबार बिहान गृहमा रहेका २०० बढी बाल बिज्याइँकर्ता भागेका हुन् ।
बाल सुधार गृहमा २ सय ५५ जना बाल बिज्याइँकर्ताहरु थिए । तीमध्ये करिब ५० जना बाल सुधार गृहमा छन् ।
सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।