सर्लाही, २७ भदाै । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो ।

आवश्यकताको सिद्धान्तअनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले बताए । ती स्रोतका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ ।

उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक कानुनविद् र राजनीतिका दलका नेताहरूसँग बृहत् छलफल गरेका थिए । सोही छलफलमा पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति जुटेको स्रोतको भनाइ छ ।

यसअघि नै जेनजी प्रतिनिधिहरूले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व सुम्पिन लबिङ गर्दै आएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *