सलमानलाई लगातारको धम्कीपछि ‘बिग बोस’मा दर्शकलाई रोक

Byसदाम हुसैन

२०८२ भाद्र २७, शुक्रवार २०८२ भाद्र २७, शुक्रवार २०८२ भाद्र २७, शुक्रवार

अभिनेता तथा होस्ट सलमान खानलाई लगातार धम्की आउन थालेपछि ‘बिग बोस’का निर्माताले सेटमा सुरक्षा कडा तुल्याएका छन् ।

एन्डेमोल शाइन इन्डियाका सीईओ तथा बिग बोसका निर्माता ऋषि नेगीका अनुसार सेटमा लाइभ अडिएन्सको उपस्थिती रोकिएको छ । अहिले बिग बोसमा ६०० जना कार्यरत छन् ।

उनले भने, ‘ यी मानिस ३ सिफ्टमा २४ घण्टा काम गर्छन् । महिलाहरू पनि यसमा राम्रो हिस्सा हुन् । कन्टेन्ट सुरक्षा र अन्य व्यवस्थापनमा कुनै सम्झौता गरिएको छ । दुवै हाम्रो पहिलो प्राथमिकता हुन् ।

साढे दुई वर्षदेखि सलमानको सुरक्षा कसिलो तुल्याएको उनले बताए । उनका अनुसार, अब कार्यक्रममा लाइभ अडिएन्सलाई उपस्थित हुन अनुमति दिइने छैन ।

‘यस बाहेक, कार्यक्रमसँग सम्बन्धित सबै व्यक्ति, चाहे स्थायी होस्, अस्थायी, सबैको पृष्ठभूमि जाँच गरिन्छ’ उनले भने ।

ऋषि नेगीले स्पष्ट पारे कि कार्यक्रमको सम्पूर्ण टोलीको लागि कडा प्रोटोकलहरू सेट गरिएको छ र हरेक तहमा सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ ।

सलमानलाई केही समयदेखि लरेन्स ग्याङबाट धम्की आइरहेको छ, त्यसैले उनी कडा सुरक्षामा बस्छन् ।

सन् २०२३ मा लरेन्स ग्याङबाट धम्की आएपछि मात्र सलमानको सुरक्षा बढाइएको थियो । महाराष्ट्र सरकारले उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिएको छ । ११ जना जवान उनीसँगै सधैं रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ जना पीएसओ समावेश छन् ।

सलमानको कारलाई एस्कर्ट गर्न सधैं अगाडि र पछाडि दुईवटा गाडी हुन्छन् । यसबाहेक, सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *