सर्लाही, २८ भदाै । नयाँ पुस्ताका युवा (जेनजी) प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीको तंथ्याक अनुसार पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना, कैदी ९ गरेर ५१ जनाको मृत्यु भएको छ ।

अस्पताल अनुसार संकलन गरेर विवरण र स्वास्थ्य मन्त्रालयबाट प्राप्त जानकारी अनुसार ३५ जनाको विवरण प्राप्त भएको छ ।

यस विवरणमा अस्पतालमा मृत्यु भएकाको विवरण मात्रै उल्लेख छ । जसमा काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५ जना, एभरेष्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, बयोधा अस्पतालमा २ र  त्रिवि शिक्षण अस्पताल, विराटनगरको बिर्तासिटी अस्पताल, वीर अस्पताल, बिएनसी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

सोमबार दिँउसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि जेनजी प्रदर्शनकारीहरुले घेरा तोडेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरेको थियो । त्यसक्रम घाइते भएकाहरुलाई प्रदर्शनकारीहरुले अस्पताल पुर्‍याएका थिए । कतिपयको बाटैमा र कतिको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

मृतकको नामावली –

क्र.सनाम थरउमेरठेगाना
श्रीयाम चौलागाईं१९राष्ट्रिय ट्रमा सेन्टर
सुलभराज श्रेष्ठ२५धम्वुजी गा.पा–२ बाँकेराष्ट्रिय ट्रमा सेन्टर
बुद्धि बहादुर तामाङ४१कीर्तिपुर न.पा–२, काठमाडौंराष्ट्रिय ट्रमा सेन्टर
गोरब जोशी२९धनगढीराष्ट्रिय ट्रमा सेन्टर
योग बहादुर श्रेष्ठ२९बाह्रविसे न.पा–६, सिन्धुपाल्चोकराष्ट्रिय ट्रमा सेन्टर
ईश्वत बहादुर अधिकारी२६वनस्थली, काठमाडौंराष्ट्रिय ट्रमा सेन्टर
सन्तोष विक२९बेलका नगरपालिका–४ उदयपुरराष्ट्रिय ट्रमा सेन्टर
आयुष थापा१९टोखा न.पा –८ काठमाडौंराष्ट्रिय ट्रमा सेन्टर
मिशल सारु मगर१८अर्खाखाँचीसभिल अस्पताल
१०छत्रमान कुथुमी६०धनकुटासभिल अस्पताल
११विमल भट्ट२२गोरखासभिल अस्पताल
१२काशी आलम ठाकुर२४सभिल अस्पताल
१३विजय चौधरी३२सिराहासभिल अस्पताल
१४अभिषेक चौलागाईं२१दोलखासभिल अस्पताल
१५.विनोद महर्जन३०ललितपुर महानगरपालिका– ७एभरेष्ट अस्पताल
१६.दिल नारायण तामाङ४२काभ्रे तेमाल गाउँपालिका–७एभरेष्ट अस्पताल
१७.योगेन्द्र न्यौपाने२३दुवाकोट, भक्तपुरएभरेष्ट अस्पताल
१८.प्रविन कुलङ२१संखुवासभाफ्रन्टलाइन अस्पताल
१९उमेश महत२१चावहिलफ्रन्टलाइन अस्पताल
२०निकिता गौतम१७गौशालाफ्रन्टलाइन अस्पताल
२१अर्जुन भट्ट२८बयोधा अस्पताल
२२देव कुमार सुवेदी२३बयोधा अस्पताल
२३सौरम किशोर श्रेष्ठ३८केएमसी अस्पताल
२४सुबास पोखरेल२३केएमसी अस्पताल
२५रसिक खतिवडा२३त्रिवि शिक्षण अस्पताल
२६भिम राज धामीवीर अस्पताल
२७.अभिषेक श्रेष्ठ२३इटहरीवीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
२८.दिनेश राजवंशी२५इटहरीवीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान
२९.गोपाल सिडेन३०झापाबिर्तासिटी अस्पताल
३०.अमृत गरुङ३८बिएनबी अस्पताल
३१.कमल भण्डारी३५बिएण्ड सी अस्पताल, बितामोर्ड
३२.उमेश विष्ट२१अछामभेरी अस्पताल
३३.दिपेश घर्ती मगर२१दाङभेरी अस्पताल
३४.जगत देउवा१०कैलालीभेरी अस्पताल
३५.भुपेन्द्र खत्री२१दैलेखभेरी अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *