सर्लाही, २८ भदाै । जेन जेड आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की ट्रमा सेन्टर पुगेकी छन् ।
भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कोही घाइतेको ट्रमा सेन्टरमा, कसैको सिभिल अस्पताल र कोहीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँको ट्रमा सेन्टरमा पुगेर प्रधानमन्त्री कार्कीले घाइतेहरूको अवस्था बुझ्नुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गरिन् । जेन जेड युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा कार्कीलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको हो ।
जेन जेड प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ भने ४ सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।