सर्लाही, ३० भदाै । नवनियुक्त मन्त्री ओमप्रकाश अर्याललाई दुई वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका मन्त्री अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
सोमबार अर्यालसँगै नवनियुक्त मन्त्रीहरू कुलमान घिसिङ र रामेश्वर खनालले शपथ लिएका छन् ।
घिसिङलाई ऊर्जा, भौतिक योजान र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।