क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् ।
प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन् ।
दीपेन्द्रको राजीनामा स्विकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे ।
उनको राजीनामा स्वीकृत भएको केन्द्रीय प्रहरीका सहप्रवक्ता एसएसपी रमेश थापाले पुष्टि गरे ।
उनी प्रहरी सेवामा छँदै क्रिकेटको राष्ट्रिय टोलीमा थिए ।
१९ औँ एसियन गेम्समा टी ट्वेन्टीमा ६ वटा छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि उनले प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा पाएका थिए ।
उनी २०७३ सालमा नेपाल प्रहरीको जवानमा भर्ना भएका थिए ।
उनी घरेलु क्रिकेटमा नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए ।