सर्लाही, ०३ असाेज । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट दर्ता गर्न माग गर्दै मुख्य रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ ।

अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर हिजाे निवेदन पेश गरेका हुन् ।

केपी शर्मा ओलीले राजीनामा दिइसकेको र संविधानबमोजिम सरकार गठन गर्ने विकल्पहरू हुँदाहुँदै राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधानबमोजिम सरकार गठनको आह्वान नगरी, प्रतिनिधिसभाका सभामुख र सम्पूर्ण सदस्यहरूलाई कुनै थाहा जानकारी नदिई, प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री नियुक्त गरिएको र त्यसरी नियुक्त व्यक्तिले जननिर्वाचित संसद् विघटन गर्न सिफारिस गर्ने र सोही आधारमा राष्ट्रपतिबाट विघटन गरिँदा गम्भीर राजनीतिक तथा संवैधानिक संकट उत्पन्न भएको उनले निवेदनमा उल्लेख गरेका छन् । 

रिट दर्ता हुन भने बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *