सर्लाही, ०६ असोज । सर्लाहीको पूर्वपश्चिम राजमार्ग अन्तर्गत फूलजोर पुलनजिक सोमबार बिहान ट्रक र पिकअप ठोक्किँदा दुबै गाडीका चालक घाइते भएका छन् । 

लालबन्दी नगरपालिका –१७, रानिगन्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्वरको ट्रक र प्रदेश २–०१–००१ च ३८८ नम्वरको पिकअप गाडी आपसमा ठोक्किएर सडकबाट तल खसेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । 

बिहान साढे ४ बजेतिर भएको दुर्घटनामा ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका –४, का ३७ वर्षीय राजेन्द्र लामा र पिकअप भ्यान चालक सिरहाको कर्जन्हा नगरपालिका –४, का ३२ वर्षीय दुर्गा विक घाइते भएका लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । 

प्रनि जोहारीका अनुसार दुवै घाइतेको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई बढी चोट लागेको छ भने पिकअप चालकको अवस्था सामान्य रहेको इन्स्पेक्टर जोहारीले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *